काठमाडौ ।फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। प्रतिस्पर्धात्मक बनेको खेलमा गोलसँगै कार्डको वर्षा हुँदा तीन खेलाडीले रातो कार्ड पाएका छन्।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका डिफेन्डर सेजर मोन्टेसले रातो कार्ड पाएपछि मैदान छाड्न बाध्य भए। यसअघि पनि दुवै टोलीका दुई खेलाडीले रातो कार्ड पाएका थिए। उद्घाटन खेलमै तीन खेलाडी रातो कार्डका कारण बाहिरिनु विश्वकपको दुर्लभ घटनामध्ये एक मानिएको छ।
यही खेलमा मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले अर्को इतिहास रचे। उनले विश्वकपमा डेब्यु गर्ने मेक्सिको तथा उत्तर अमेरिकाकै सबैभन्दा कान्छो खेलाडी बन्ने कीर्तिमान बनाए। मोरा फिफा विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी हुन् भने समग्र विश्वकप इतिहासमा खेल्ने छैटौं कान्छा खेलाडीको सूचीमा परेका छन्।
मेक्सिकोले खेलभर प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिको शीर्ष स्थानमा उक्लिएको छ। यस नतिजाले मेक्सिकोको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ भने दक्षिण अफ्रिकामाथि सुरुमै दबाब बढेको छ।
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। सिंहदरबारस्थित कां ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!