भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद

काठमाडौँ - प्रहरीले भन्सार छलेका १४ थान अन्दाजी रु सात लाख बराबरको आइफोन मोबाइल बरामद गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा दाखिला गरेको छ ।    
    
 काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित चेक प्वाइन्टमा बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख ६५६६ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएका संयुक्त प्रहरी टोलीले कालो झोलामा राखी ल्याइएको बिलबिजक बिनाका उक्त आइफोन मोबाइल बरामद गरिएको प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।    

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

इरानलाई २२ देशको चेतावनी
12 घण्टा अगाडि

संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब ...

छुटाउनुभयो कि ?

TOP