चर्चामा
काठमाडौ ।नेपाल वायुसेवा निगमले चारवटा विमान खरिद गर्न लिएको ३४ अर्ब रुपैयाँ ऋणको दायित्व बढेर झण्डै ५६ अर्ब रुपैयाँ पुगेको छ। सरकारी जमानीमा लिइएको ऋणको साँवा र ब्याज जोड्दा निगममाथिको आर्थिक भार निरन्तर बढ्दै गएको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म निगमले तिर्न बाँकी साँवा ४४ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ भने ब्याज मात्रै ११ अर्ब २४ करोड रुपैयाँ पुगेको छ। यसरी कुल दायित्व ५५ अर्ब ९२ करोड रुपैयाँ पुगेको हो।
निगमले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो। वाइडबडी विमान खरिदका लागि कर्मचारी सञ्चय कोषले १२ अर्ब र नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण दिएका थिए। त्यस्तै, न्यारोबडी विमान खरिदका लागि कर्मचारी सञ्चय कोषले थप १० अर्ब रुपैयाँ ऋण दिएको थियो।
सुरुमा ३४ अर्ब रुपैयाँ रहेको ऋणको दायित्व अहिले करिब २२ अर्ब रुपैयाँले बढिसकेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!