चर्चामा
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन कांस्यसहित चार पदक जितेका छन्। अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालले पहिलोपटक रजत पदक प्राप्त गरेको हो।
प्रतियोगितामा रिवाश राईले रजत पदक जितेका छन् भने ओमराज पुरी, स्नेहा कोइराला र सुयश कोइरालाले कांस्य पदक हासिल गरेका छन्। रजत पदक विजेता राईले ‘डायमण्ड अफ द टिम’ सम्मानसमेत प्राप्त गरेका नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन्।
रुसको सिरियसमा शनिबार सम्पन्न प्रतियोगितामा नेपाली विद्यार्थीले देखाएको यो प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा नेपालको खगोल विज्ञान क्षेत्रको उपलब्धिलाई थप उचाइ दिएको छ।
यसअघि यसै महिना थाइल्यान्डमा सम्पन्न पाँचौँ अन्तर्राष्ट्रिय खगोल विज्ञान तथा खगोलभौतिकी ओलम्पियाड-कनिष्ठमा पनि नेपाली विद्यार्थीले पदक जितेका थिए। उक्त प्रतियोगितामा शाहवाज आलमले स्वर्ण र सहज केसीले कांस्य पदक प्राप्त गरेका थिए। आलमको स्वर्ण पदक अन्तर्राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडमा नेपालको पहिलो स्वर्ण पदक हो।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!