चर्चित कलाकारहरूको प्रस्तुतिमा भव्य बन्यो ‘हाम्रो पसल’को उद्घाटन

चर्चित कलाकारहरूको प्रस्तुतिमा भव्य बन्यो ‘हाम्रो पसल’को उद्घाटन

काठमाडौं। काठमाडौंको पेप्सीकोला खहरेस्थित ‘हाम्रो पसल’को उद्घाटन तथा बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएकोछ।

गाई तिहारको अवसरमा आयोजित कार्यक्रममा चर्चित गजल गायक थानेश्वर गौतमसहित सरोज लामिछाने, राजेश ढकाल, शारदा रसाइली, स्मृति गौतम, सन्तोष लामिछाने र मञ्जु गौतमले सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, मोडल नवीन गौतम, डान्सर अड्रिना राई तथा निरीजुम्बा डान्स एकेडेमीका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।

व्यवसायी तथा कलाकार श्रीराम चौलागाईंको आयोजनामा सम्पन्न कार्यक्रममा ९९ वर्षीय नन्दलाल गौतम प्रमुख अतिथि तथा राजन गौतम सभाध्यक्ष रहेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, व्यवसायी तथा आफन्त र साथीभाइको उपस्थिति रहेको थियो।

कार्यक्रमकै अवसरमा पसलका सञ्चालक श्रीराम चौलागाईं र मिना चौलागाईं (गौतम) को जन्मदिनसमेत संयुक्त रूपमा मनाइएको थियो।

‘हाम्रो पसल’मा पुरुष तथा महिलाका कपडा, ब्यागलगायतका सामग्री फ्याक्ट्री मूल्यमा उपलब्ध रहेको सञ्चालकले बताएका छन्। विद्यालय, कलेज तथा सरकारी संस्थाका लागि अर्डरअनुसार सामग्री उत्पादन तथा आपूर्ति गर्ने व्यवस्था रहेको पसलले देशभर होम डेलिभरी सेवा पनि उपलब्ध गराउँदै आएको जनाएकोछ।

गीत, संगीत, नृत्य तथा देउसी–भैलोसहित सम्पन्न उद्घाटन समारोहसँगै पेप्सीकोला खहरेमा ‘हाम्रो पसल’ले आफ्नो व्यावसायिक सेवा औपचारिक रूपमा सुरु गरेको छ।भब्य पसल उद्घाटन कार्यक्रम सन्चालन भने गायिका /सन्चार्कर्मी  बिष्णु माया पौडेलले सन्चालन गरेकि थिइन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP