चर्चामा
काठमाडौं । तिहारको अवसरमा अब परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न पाइने भएको छ। गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै देउसी–भैलो खेल्न कुनै समयसीमा नतोक्न निर्देशन दिएको हो।
मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्देशन जारी गरेको हो।
निर्देशनअनुसार देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्नेछ। कसैलाई पनि चन्दा, दक्षिणा वा आर्थिक सहयोग दिन बाध्य पार्न पाइने छैन।
त्यस्तै, देउसी–भैलोका नाममा विभिन्न जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने अश्लील गीत, सङ्गीत, नृत्य तथा नारा प्रयोग गर्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ।
चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले प्रशासनलाई निर्देशन दिएको छ।
त्यसैगरी, अस्पताल तथा वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा ठूलो आवाजमा साउन्ड सिस्टम प्रयोग नगर्न र सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण गर्दै वातावरणीय स्वच्छता कायम राख्न आग्रह गरिएको छ।
मन्त्रालयले परम्परागत संस्कृति र चाडपर्वको मौलिकता जोगाउँदै शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा तिहार मनाउन सबै नागरिकलाई अनुरोध गरेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!