चर्चामा
काठमाडौं । तिहारको अवसरमा मध्यराति चर्को आवाज निकाल्दै मोटरसाइकल पड्काउने तथा सडकमा सर्वसाधारणलाई त्रसित बनाउँदै हिँड्ने मोटरसाइकललाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएकोछ।
बौद्ध प्रहरी वृत्तले गोकर्णेश्वर नगरपालिका तथा बौद्ध क्षेत्रअन्तर्गत जोरपाटी, नयाँबस्ती, गोकर्णलगायतका स्थानबाट ती मोटरसाइकल नियन्त्रणमा लिएको हो।
तिहारको समयमा राति अबेरसम्म चर्को आवाज निकाल्ने, मोटरसाइकल पड्काउने र सार्वजनिक शान्तिमा खलल पुर्याउने गतिविधिविरुद्ध बौद्ध प्रहरी वृत्तका डीएसपी जित महराको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो।
नियन्त्रणमा लिइएका मोटरसाइकल आवश्यक कारबाहीका लागि बग्गीखाना पठाइने र कानुनी प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित चालकलाई फिर्ता गरिने प्रहरीले जनाएको छ।
यसैबीच, गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालले पनि यस्ता गतिविधिले स्थानीय बासिन्दाको शान्ति र सुरक्षामा असर पार्ने भएकाले नियन्त्रण तथा नियमन आवश्यक रहेको बताएका छन्।
सार्वजनिक सडकमा सवारी चलाउँदा ट्राफिक नियम, ध्वनि प्रदूषणसम्बन्धी मापदण्ड र सार्वजनिक शान्तिको ख्याल गर्न प्रहरीले आग्रह गरेकोछ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!