स्थानीय चुनावको मिति तोक्न आयोग सक्रिय, मंसिर ४ मा दलहरूसँग छलफल

स्थानीय चुनावको मिति तोक्न आयोग सक्रिय, मंसिर ४ मा दलहरूसँग छलफल

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति र तयारीबारे छलफल गर्न निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएको छ। आयोगले आगामी मंसिर ४ गते राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको हो।

निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले दलहरूलाई छलफलका लागि बोलाइएको जानकारी दिएका छन्। प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता पाएका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलसँग आयोगले परामर्श गर्न लागेको हो।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा समाप्त हुँदैछ। त्यसलाई मध्यनजर गर्दै आयोगले निर्वाचनको मिति र व्यवस्थापनबारे छलफल अघि बढाएको हो।

कानुनी व्यवस्थाअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले आगामी फागुनमा निर्वाचन गराउने तयारीबारे चर्चा भइरहेको छ।

यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पनि निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तह निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाएको जानकारी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

हरिद्वारमा सफाइपछि गंगा नदीको पानी सङ्लियो, नदीको पिँधसम्म देखिने भिडियो भाइरल
11 घण्टा अगाडि

भारतको उत्तराखण्डस्थित हरिद्वारमा सफाइ अभियानपछि गंगा नदीको पानी निकै सङ्लो देखिएको छ। नदीको पानी पा ...

छुटाउनुभयो कि ?

TOP