हरिद्वारमा सफाइपछि गंगा नदीको पानी सङ्लियो, नदीको पिँधसम्म देखिने भिडियो भाइरल

हरिद्वारमा सफाइपछि गंगा नदीको पानी सङ्लियो, नदीको पिँधसम्म देखिने भिडियो भाइरल

भारतको उत्तराखण्डस्थित हरिद्वारमा सफाइ अभियानपछि गंगा नदीको पानी निकै सङ्लो देखिएको छ। नदीको पानी पारदर्शी बनेपछि नदीको पिँध, ढुङ्गा र माछासमेत देखिने दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ।

भारतको आगामी सन् २०२७ को अर्धकुम्भ मेलालाई लक्षित गर्दै सञ्चालन गरिएको सफाइ अभियानका क्रममा गंगाको करिब १० किलोमिटर क्षेत्रमा जम्मा भएको झन्डै १५० मेट्रिक टन फोहोर हटाइएको बताइएको छ। सफाइका क्रममा प्लास्टिक, पुराना कपडा, पूजासामग्री र नदीमा जमेको गेग्रान निकालिएको थियो।

अभियानका लागि गंगाको नहरमा करिब १८ देखि २० दिनसम्म पानीको प्रवाह बन्द गरिएको थियो। यस अवधिमा हर की पौडीसहितका प्रमुख घाट आसपास सफाइ तथा नदीको पिँधमा जम्मा भएको फोहोर हटाइएको थियो। नोभेम्बर ७ मा पुनः पानी छोडिएपछि नदीको सङ्लो स्वरूप देखिएको हो।

तर, नदीको पानी बाहिरबाट सफा देखिँदैमा पिउनयोग्य वा प्रदूषणमुक्त भएको प्रमाणित नहुने विज्ञहरूले औँल्याएका छन्। नदीमा फोहोर, पुराना कपडा र पूजासामग्री फाल्ने प्रवृत्ति रोक्न नसके सफाइ अभियानको प्रभाव लामो समय टिकाउन कठिन हुने भन्दै सरोकारवालाले जनचेतनामा जोड दिएका छन्।

सफाइ अभियानले गंगा नदीको संरक्षणमा सरकारी निकायसँगै स्थानीय संस्था र सर्वसाधारणको सहभागिताको महत्त्व पनि उजागर गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
9 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP