चर्चामा
काठमाडौ ।नेपाली मौलिकता, प्रेम, सम्बन्ध, सामाजिक परिवेश र सांस्कृतिक पहिचानलाई समेटिएको नयाँ सांगीतिक प्रस्तुति ‘चौतारीको बरपिपल, देउरालीको साक्षी’ युट्युबमार्फत सार्वजनिक भएकोछ।
पशुपति क्षेत्र विकास कोषमा सेवारत स्रष्टा गोविन्द प्रसाद कोइरालाको शब्द, स्वर तथा प्रस्तुतिमा तयार भएको गीतले नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा सामाजिक जीवनसँग जोडिएका चौतारी र देउरालीको महत्त्वलाई उजागर गरेकोछ।
नेपाली धर्म, संस्कृति र संस्कारको संरक्षण गर्दै नयाँ पुस्ताले आफ्नै माटोमा रहेर सिर्जनात्मक योगदान गर्नुपर्ने सन्देश गीतमार्फत प्रस्तुत गरिएको छ। आफ्नी स्वर्गीय माता प्रेमकुमारी कोइरालाको स्मृतिमा समर्पित यस सिर्जनामा मातृप्रेम र श्रद्धाको भावसमेत समेटिएको छ।
गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। भिडियोमा गोविन्द प्रसाद कोइराला, रेखा तिवारी, प्रेम पाण्डे र राजकुमार सापकोटालगायत कलाकारले अभिनय गरेका छन्।
विश्वराम खड्काको सम्पादन तथा निर्देशन, विशाल प्रजापतिको छायांकन र प्रिया कार्कीको शृंगार रहेको भिडियो गोबिन्द प्रसाद कोइराला युट्युबमार्फत सार्वजनिक गरिएको हो।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!