चर्चामा
काठमाडौं । नेपाल संवत् ११४७ को नयाँ वर्षको अवसरमा काठमाडौंको टोखामा बृहत् सांस्कृतिक र्याली तथा सामूहिक म्हःपूजा कार्यक्रम आयोजना हुने भएको छ।
टोखा नेवाः गुथिको आयोजनामा २०८३ कात्तिक २४ गते मंगलबार विभिन्न सांस्कृतिक कार्यक्रम गर्न लागिएको हो। कार्यक्रमअन्तर्गत बिहान ७ः३० बजे टोखा नगरपालिका–२ को थनेलाछीबाट सांस्कृतिक र्याली निकालिनेछ। र्यालीमा परम्परागत बाजागाजा, झाँकी तथा नेवार समुदायको मौलिक कला, संस्कृति र पहिचान झल्कने प्रस्तुति रहने आयोजकले जनाएको छ।
त्यसैगरी, दिउँसो ३ बजे टोखा नगरपालिका–२ स्थित तलेजु भवानी घर परिसरमा सामूहिक म्हःपूजा गरिने कार्यक्रम रहेको छ।
कार्यक्रमलाई सफल बनाउन टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ र वडा नम्बर ३ का अध्यक्ष रमेश डंगोलले सम्पूर्ण नगरवासी, विभिन्न संघसंस्था, विद्यालय, क्लब, सहकारी तथा संस्कृतिप्रेमीलाई सहभागिताका लागि आग्रह गरेका छन्।
नेपाल संवत्को नयाँ वर्षमा गरिने म्हःपूजाले आफ्नो शरीर, आत्मा र जीवनप्रतिको सम्मान तथा सकारात्मक जीवनको कामना गर्ने सांस्कृतिक मान्यता बोकेको छ। ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको टोखामा आयोजना हुने यस कार्यक्रमले मौलिक नेवारी संस्कृति र परम्पराको संरक्षणसँगै नयाँ पुस्तामा सांस्कृतिक चेतना हस्तान्तरण गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!