काठमाडौं । टोखा नगरपालिका-५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेजमा बुधबार बिहान भीषण आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। विद्युत् सर्टका कारण बिहान करिब २ः५२ बजे सुरु भएको आगो नियन्त्रणका लागि ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी परिचालन भएका थिए। करिब तीन घण्टाको प्रयासपछि बिहान ५ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट गार्मेन्ट उद्योग पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै अन्नपूर्ण किराना स्टोर, प्रतीक्षा इलेक्ट्रोनिक्स, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर र आसपासका केही घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ भने आगलागीबारे थप अनुसन्धान भइरहेको छ।
सम्बादाता
- २०८३-०२-२७
2 दिन अगाडि
गोरखा - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार पार्टीको विधानले नभई देशको संविधानले चल्नुपर्
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!