काठमाडौं । हरितालिका तीजको अवसरलाई लक्षित गर्दै रामघाटस्थित पाउपुछ (जुत्ता–चप्पल कक्ष) को सम्पूर्ण निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भएको छ। दथु त्वा बाजा खलःले निर्माण तथा व्यवस्थापन गरेको उक्त कक्ष तीजका श्रद्धालु भक्तजनहरूको सेवाका लागि पूर्ण रूपमा तयार पारिएको जनाएको छ।
संयोजक नकुल दाहालका अनुसार पशुपतिनाथ मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको सहजता, सुरक्षा र व्यवस्थापनलाई मध्यनजर गर्दै कक्ष सञ्चालनमा ल्याइएको हो। कक्षमा १ हजार वटा टोकनको सुरक्षित र व्यवस्थित प्रबन्ध गरिएको छ।
भीडभाडलाई ध्यानमा राख्दै एकैपटक १ हजार जना दर्शनार्थीले छिटो र सहज रूपमा सेवा लिन सक्ने व्यवस्था मिलाइएको जनाइएको छ। साथै तीजका व्रतालु भक्तजनलाई कुनै सास्ती नहोस् भन्ने उद्देश्यले जुत्ता–चप्पल संकलन तथा फिर्ता गर्ने कार्यलाई छिटो र प्रभावकारी बनाइएको दाबी गरिएको छ।
दथु त्वा बाजा खलःले तीजको अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने सम्पूर्ण दिदीबहिनी तथा भक्तजनलाई रामघाटस्थित पाउपुछ कक्षको सेवा उपयोग गरी आफ्नो दर्शन यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन आग्रह गरेको छ।
काठमाडौं । गायिका संगीता बडुवालको नयाँ गीत ‘गया धर्ती छोडी’ सार्वजनिक भएको २४ घण्टा नपुग ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!