काठमाडौं । क्यानभास ब्युटी एकेडेमी, बत्तीसपुतलीले शनिबार राजधानीमा भव्य तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको एक बैंक्वेटमा आयोजित कार्यक्रममा करिब एक सय महिला सहभागी भएका थिए।
.jpg)
तीज विशेष कार्यक्रममा नाचगान र दर खाने कार्यक्रमसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको थियो। कार्यक्रममा सिर्जना कार्कीलाई ‘तीज क्विन’ घोषणा गर्दै ताज पहिराउनुका साथै गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।
त्यस्तै, कार्यक्रममा टिकटक बनाउने मध्येबाट एक जना र सहभागीमध्ये लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरी पुरस्कारसमेत प्रदान गरिएको थियो।
क्यानभास ब्युटी एकेडेमीले कार्यक्रममा आफ्ना उत्कृष्ट कर्मचारीलाई सम्मान गर्नुका साथै तीन महिना र छ महिने तालिम पूरा गरी उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेको थियो।

क्यानभास ब्युटी एकेडेमीकी अध्यक्ष मनिषा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सोनी कारञ्जित, विशिष्ट अतिथि पुनम क्षेत्री गौतम तथा फ्यान क्यानका अध्यक्ष सुरेन्द्र मानन्धर, गायिका सरिता भारती र फेसन डिजाइनर एवं परी बुटिककी सञ्चालक मितु पुरीलगायतको उपस्थिति थियो।
कार्यक्रममा क्यानभास ब्युटी एकेडेमीकी सञ्चालक सनम श्रेष्ठले अध्यक्ष मनिषा श्रेष्ठको जीवनकथासमेत प्रस्तुत गरिएको जानकारी दिइन्।
गायिका एवं सञ्चारकर्मी विष्णुमाया पौडेलले सञ्चालन गरेको कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउँदै आफ्नै स्वरको यस वर्ष चर्चामा रहेको गीत प्रस्तुत गरेकी थिइन्। उनको प्रस्तुतिमा सहभागी महिला छमछमी नाचेका थिए।
तीजको सांस्कृतिक उल्लास, मनोरञ्जनसँगै कर्मचारी सम्मान र विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै क्यानभास ब्युटी एकेडेमीको तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।
काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!