काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा पुगेर विपद् व्यवस्थापन तथा उद्धार सामग्रीहरूको निरीक्षण तथा अवलोकन गरेका छन्।
भदौ २८ गते गरिएको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले संगठनसँग रहेका उद्धार सामग्री, आधुनिक उपकरण तथा विपद् व्यवस्थापनसम्बन्धी तयारीबारे जानकारी लिएका थिए। विपद्का बेला नागरिकको जिउधनको सुरक्षा, उद्धार कार्यको प्रभावकारिता, स्रोतसाधनको उपलब्धता, उद्धार क्षमताको अभिवृद्धि तथा जनशक्ति परिचालनका विषयमा उनले संगठनका अधिकारीहरूसँग छलफल गरेका थिए।

गृहमन्त्री गुरुङले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै विपद् तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्। साथै, नागरिकको जीवन रक्षा प्राथमिकतामा राखी कुनै पनि अवस्थामा उद्धार कार्यमा कमी हुन नदिन संगठनलाई सचेत गराएका छन्।
हालैका प्राकृतिक विपद्का घटनापछि उद्धार तथा राहत कार्यलाई थप सशक्त बनाउने सरकारको तयारीबीच गृहमन्त्रीको यो निरीक्षणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापन तथा उद्धारमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउन आवश्यक तयारीलाई निरन्तरता दिएको जनाएको छ।
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले यस वर्षको हरितालिका तीज पर्व व्यवस्थापनका लागि करिब १५ देखि २० ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!