काठमाडौं । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको गौशाला प्रहरी चौकीको पुनर्निर्माण सम्पन्न भएको छ। पुनर्निर्माणपछि तयार गरिएको नयाँ भवनको प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आइतबार उद्घाटन गरेका छन्।
आन्दोलनका क्रममा तोडफोडबाट क्षति पुगेको चौकी पुनः निर्माण भएसँगै उक्त क्षेत्रको सुरक्षा व्यवस्थापन, प्रहरी परिचालन तथा सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ। उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले भत्किएका संरचना पुनः ठडिनु प्रहरी संगठनका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
उनले पूर्वाधार अभावका कारण प्रभावित बनेको कार्यसम्पादन अब थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिन भौतिक संरचनाको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।
जेनजी आन्दोलनका क्रममा गौशाला प्रहरी चौकीसहित विभिन्न सरकारी तथा सार्वजनिक संरचनामा क्षति पुगेको थियो। चौकी पुनर्निर्माण सम्पन्न भएसँगै स्थानीय बासिन्दाले पनि सुरक्षा सेवा थप प्रभावकारी हुने अपेक्षा गरेका छन्।
प्रहरीका अनुसार पुनर्निर्माण गरिएको चौकीबाट अब नियमित सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने तथा अपराध नियन्त्रणसम्बन्धी गतिविधि सञ्चालन हुनेछन्। आन्दोलनले ध्वस्त बनाएको संरचना पुनः सञ्चालनमा आउनुलाई सुरक्षा पूर्वाधार पुनर्स्थापनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
काठमाडौं । हरितालिका तीज पर्वका अवसरमा श्री पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!