कङ्गोमा विद्यालयनजिकै भीषण आगलागी, २४ बालबालिकाको मृत्यु

कङ्गोमा विद्यालयनजिकै भीषण आगलागी, २४ बालबालिकाको मृत्यु

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोही नियन्त्रणमा रहेको पूर्वी सहर बुकाराभुमा भीषण आगलागी हुँदा कम्तीमा २४ बालबालिकाको मृत्यु भएको छ। दक्षिण किभु प्रान्तका उपगभर्नरका अनुसार मृतकमध्ये १९ छात्रा र ५ छात्र छन्। घटनामा थप २९ जना घाइते भएका छन्।

आगलागीमा दुईवटा विद्यालयसहित करिब ३०० काठे घर जलेर नष्ट भएका छन्। विद्यार्थीहरू विद्यालय पुगेको केही समयपछि विद्यालयनजिकैबाट आगो फैलिएको प्रत्यक्षदर्शीले बताएका छन्।

एम्बुलेन्समार्फत मृतक तथा घाइतेलाई अस्पताल पुर्‍याइएको थियो। स्थानीय स्वास्थ्यकर्मीले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
आगलागी दिउँसोसम्म नियन्त्रणमा आए पनि घटनास्थलमा भग्नावशेषबाट धुवाँ निस्किरहेको बताइएको छ। आगलागीको वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!
एक दिन अगाडि

चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...

छुटाउनुभयो कि ?

TOP