नुवाकोट । भदौ १० गते आएको बाढीले त्रिशूली नदीसहित विभिन्न स्थानका पुल तथा सडक संरचनामा क्षति पुर्याएपछि नुवाकोटका धेरै क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ।
बाढीका कारण विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा क्षति पुगेपछि नेपाली सेनाले आवतजावत सहज बनाउन एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ।
नेपाली सेनाको इन्जिनियरिङ फौजले निर्माण गरिरहेको उक्त एक्रो ब्रिज ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टनसम्म भारवहन क्षमता भएको छ। पुल निर्माण सम्पन्न भएपछि बाढीबाट प्रभावित क्षेत्रमा यातायात सञ्चालन तथा स्थानीयको आवतजावतमा सहजता आउने अपेक्षा गरिएको छ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!