१३ दिन बित्दा पनि खुलेन पृथ्वी राजमार्ग, कृष्णभीरको पहिरोले काठमाडौंको आपूर्ति र आवागमन प्रभावित

१३ दिन बित्दा पनि खुलेन पृथ्वी राजमार्ग, कृष्णभीरको पहिरोले काठमाडौंको आपूर्ति र आवागमन प्रभावित

काठमाडौं । धादिङको कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग १३ दिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। मुख्य राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकाको आपूर्ति व्यवस्था तथा यात्रु आवागमनमा प्रत्यक्ष असर परेको छ।

कृष्णभीरको दीर्घकालीन जोखिमलाई ध्यानमा राख्दै करिब एक दशकअघि त्रिशूली नदीपारि समानान्तर सडक निर्माणको प्रस्ताव अघि सारिएको थियो। तर मुआब्जा विवाद र बजेट अभावका कारण उक्त योजना अलपत्र परेपछि वैकल्पिक मार्ग निर्माण हुन सकेन।

हाल सरकारले राजमार्ग सञ्चालनलाई सहज बनाउन बेनीघाट–फिस्लिङ सडक खण्ड सुधार, अस्थायी ट्र्याक विस्तार तथा कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माणको काम अघि बढाएको छ। यद्यपि पहिरोको जोखिम कायम रहेकाले सडक पूर्ण रूपमा कहिले खुल्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन।

सडक अवरुद्ध हुँदा मालवाहक सवारी, सार्वजनिक यातायात र दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित बनेको छ भने यात्रुहरूले लामो तथा वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्। सरकारले तत्काल यातायात सञ्चालनको उपाय खोज्दै दीर्घकालीन समाधानका लागि पनि आवश्यक तयारी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP