वरिष्ठ मैथिली साहित्यकार तथा नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ। शनिबार साँझ जनकपुरधामस्थित एक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ। मैथिली विषयमा पीएचडी गरेका डा. लालले कथा, कविता, गीत, लेख, पटकथा, साक्षात्कार, यात्रा वृत्तान्त तथा लोकसाहित्य लगायत विभिन्न साहित्यिक विधामा महत्वपूर्ण योगदान दिएका थिए। उनको पहिलो प्रकाशित मैथिली रचना ‘सरस्वती वन्दना’ गीत सन् १९६० मा प्रकाशित भएको थियो। मैथिली भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा लामो समय योगदान दिएका डा. लालको निधनले साहित्यिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
सम्बादाता
- २०८३-०५-२१
एक दिन अगाडि
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार
...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!