सात वर्षपछि भारत भ्रमणकाे तयारीमा सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!

सात वर्षपछि भारत भ्रमणकाे तयारीमा  सी जिनपिङ, मोदीको निमन्त्रणामा नयाँदिल्ली जाँदै !!!

चिनियाँ राष्ट्रपति  सी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार नयाँदिल्लीमा आयोजना हुने १८औँ BRICS शिखर सम्मेलनमा सहभागी हुने भएका छन्। सात वर्षपछि हुन लागेको सीको भारत भ्रमणलाई दुई एसियाली शक्तिबीच सम्बन्ध सुधार र क्षेत्रीय स्थायित्वका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। लामो समयदेखि सीमा तथा अन्य विषयमा देखिँदै आएको तनावबीच हुन लागेको यो भ्रमणले दुई देशबीचको संवादलाई थप गति दिने अपेक्षा गरिएको छ। BRICS सम्मेलनमा ग्लोबल साउथको सहकार्य, बहुध्रुवीय विश्व व्यवस्था तथा विश्वव्यापी शासन प्रणालीमा सुधारलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। सीजिमपिंगको भारत भ्रमणले चीन–भारत सम्बन्धसँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कूटनीतिमा समेत नयाँ प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मन्त्री गए, मन्त्री आए… तर ग्यास कहिले आउँछ ?
10 घण्टा अगाडि

काठमाडौं उपत्यकासहित देशभर एलपी ग्यासको चरम अभाव भइरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौर ...

छुटाउनुभयो कि ?

TOP