भारत । भारतको कालिम्पोङस्थित निम्बोङ क्षेत्रमा ओछ्यानमा भेटिएको विषालु राजगोमनलाई नाङ्गो हातले समातेर खेलाउन खोज्दा ७४ वर्षीय वृद्धको मृत्यु भएको दुःखद घटना सार्वजनिक भएको छ। ओछ्यानमा राजगोमन देखेपछि वृद्धले त्यसलाई समातेर खेलाउने प्रयास गरेका थिए। सो क्रममा सर्पले टोकेपछि उनको मृत्यु भएको बताइएको छ।
राजगोमन अत्यन्त विषालु सर्पमध्ये एक हो। यसको विषले स्नायु प्रणाली तथा श्वासप्रश्वासमा गम्भीर असर पार्न सक्छ। घर, ओछ्यान वा आसपास सर्प देखिए आफैं समात्ने, लखेट्ने वा नजिक गएर भिडियो खिच्ने काम नगर्नुहोस्।
सुरक्षित दूरी कायम गरी स्थानीय सर्प उद्धारकर्ता, वन कार्यालय वा सम्बन्धित विज्ञलाई खबर गर्नु सुरक्षित उपाय हो।
सर्पसँग खेल्नु साहस होइन, जीवनमाथिको जोखिम हो। सर्पलाई नछोऔँ, नसमातौँ-आफू पनि सुरक्षित रहौँ र अरूलाई पनि बचाऔँ।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!