काठमाडौं,मङ्सिर १५ — बैंकिङ कसुरसम्बन्धी गम्भीर अनुसन्धान सुरु भएको संकेत पाएलगत्तै प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (CBO) रश्मि पन्त फरार भएकी छन्।आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) मणीराम पोखरेल र प्रमुख कर्जा अधिकृत (CCO) रिवास श्रेष्ठलाई पक्राउ गरेपछि पन्त राजधानीबाट भागेको पुष्टि भएको हो।
उनी निकट स्रोतका अनुसार, CIB को छापा र पक्राउ प्रक्रिया सुरु भएको सूचना पाउँदा–नपाउँदै पन्त ‘घर जाने’ बहानामा कार्यालय छोडेर रातारात महेन्द्रनगर पुगेकी छन्। प्रहरीका अनुसार उनी हाल फरार सूचीमा परेकी छिन् र खोजी प्रक्रिया सुरु गरिएको छ।
CIB टोलीले बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयमा छापा मार्दै उच्च अधिकारीहरूलाई नियन्त्रणमा लिएको थियो। बैंकभित्र कर्जा प्रक्रियामा देखिएको शंकास्पद चलखेल, कागजात हेरफेर र वित्तीय अनियमितताका प्राथमिक प्रमाणका आधारमा अनुसन्धान तीव्र पारिएको CIB को भनाइ छ।
CIB का प्रवक्ता शिवकुमार श्रेष्ठले बैंकिङ कसुरअन्तर्गतको विस्तारित अनुसन्धानका क्रममा पन्तसहित सम्पूर्ण संलग्नहरूमाथि कानुनी कारबाही अघि बढ्ने बताए।
“उच्च तहबाटै अनियमितता भएको संकेत पाएका छौँ। नियन्त्रणमा लिएका तीनजना अधिकारीसँगै फरार भएकी पन्तमाथि पनि अनुसन्धान केन्द्रित हुनेछ,” उनले स्पष्ट पारे।
पन्त फरार भएपछि प्रभु बैंकभित्र लामो समयदेखि चल्दै आएको शंकास्पद गतिविधि थप गम्भीर रूपमा सतहमा आएको छ। CIB ले अब विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

प्रतिक्रिया