चर्चामा
काठमाडौं । भाइटीकाको दिन बुधबार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मौसम बदली हुने र मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएकोछ। काठमाडौंमा बिहानको मौसम सामान्यतया सफा रहने भए पनि दिउँसोपछि वर्षाको सम्भावना देखिएकोछ।
मौसमविद्हरूका अनुसार काठमाडौं उपत्यकाका केही स्थानमा समेत हल्का वर्षा हुन सक्नेछ। पोखरामा पनि दिउँसो मेघगर्जनसहित वर्षाको सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने र घाम लाग्ने पूर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा समेत छिटपुट वर्षा तथा हिमपातको सम्भावना छ।
भाइटीकाका दिन टीका लगाउन, आफन्तसँग भेटघाट गर्न तथा यात्रा गर्ने सर्वसाधारणलाई सम्भावित वर्षालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!