भक्तपुर,मङ्सिर २७ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनःस्थापना नगरी देश संवैधानिक बाटोमा फर्कन नसक्ने दाबी गर्दै संसद् पुनःस्थापना गरेरै छाड्ने संकल्प व्यक्त गरेका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान राजनीतिक गतिरोधको निकास प्रतिनिधिसभा पुनःस्थापनाबाट मात्रै सम्भव हुने बताए। उनले असंवैधानिक सिफारिसमा संसद् विघटन गरिएको आरोप लगाउँदै तत्काल संसद् ब्युँताई संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशमार्फत नयाँ प्रतिनिधिसभा निर्माण गर्नुपर्ने धारणा राखे।
अध्यक्ष ओलीले मुलुक गम्भीर संवैधानिक संकटमा फसेको उल्लेख गर्दै वर्तमान सरकारले जालझेल, प्रतिशोध र दमनको राजनीति गरेको आरोप लगाए। संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्तिका रूपमा उभिने उनको भनाइ थियो।
आफ्नो कार्यकालका घटनाक्रमबारे बोल्दै ओलीले भदौ २३ र २४ गतेका हिंसात्मक घटनाले देशलाई गृहयुद्धतर्फ धकेल्ने खतरा देखिएपछि आफूले राजीनामा दिएको दाबी गरे। ‘सरकार परिवर्तन संसद्बाट वा निर्वाचनमार्फत हुन सक्थ्यो,’ उनले भने, ‘तर राज्यविहीनता सिर्जना गर्ने षड्यन्त्र देखिएपछि थप क्षति नहोस् भनेर मैले पद त्याग गरेँ।’
उनले राज्यका तीनवटै अंगमाथि एकसाथ आक्रमण भएको, सुरक्षाकर्मीको हत्या र भौतिक संरचना जलाइएको घटनाले देशलाई ठूलो संकटतर्फ लैजान खोजिएको जिकिर गरे।
वर्तमान सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनबारे ओलीले ‘नाटक’ मात्र भएको टिप्पणी गरे। मिति घोषणा भए पनि तयारी नदेखिएको र भय–त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाउँदै उनले यस्तो अवस्थामा निष्पक्ष निर्वाचन सम्भव नभएको बताए। एमालेको स्पष्ट अडान प्रतिनिधिसभा तत्काल पुनःस्थापना हुनुपर्नेमा रहेको उनको भनाइ थियो।
सम्बोधनको क्रममा अध्यक्ष ओलीले युवापुस्तालाई लक्षित गर्दै एमाले नयाँ पुस्ता विरोधी नभएको दाबी गरे। डिजिटल नेपाल फ्रेमवर्क, स्टार्टअप कार्यक्रमजस्ता पहल स्मरण गराउँदै उनले युवाका असन्तुष्टि हिंसा र विध्वंसतर्फ मोड्न नहुने बताए।
महाधिवेशनको सन्दर्भमा पार्टी एकताको आवश्यकता औँल्याउँदै ओलीले ‘एक र एक जोडिँदा दुई होइन, एघार बन्छ’ भन्ने उपमा दिए। लोकतन्त्र र संविधानमाथिको प्रहार परास्त गर्न पार्टी पंक्तिलाई गाउँ–गाउँमा खटिन निर्देशन दिँदै उनले एमालेका कार्यक्रम बिथोल्न खोज्ने प्रयासलाई जनताको बलमा सामना गरिने चेतावनी दिए।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया