काठमाडौं मङ्सिर २७- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा हुने छ भने बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको छ ।
काठमाडौं उपत्यकाको सांस्कृतिक झल्को दिने गरी तयार पारिएको मञ्चबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलमार्फत् महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उद्घाटन समारोह आज मध्याह्नपछि हुने छ ।
महाधिवेशनमा सहभागी हुन देशभरबाट एमालेका नेता तथा कार्यकर्ता काठमाडौं उपत्यकामा आइसकेका छन् । जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिएको तीन महिनापछि हुन लागेको महाधिवेशनलाई भव्य र सानदार रूपमा सम्पन्न गर्ने तयारी पार्टीले गरेको छ ।
उद्घाटन समारोहअघि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ । ती जुलुस सल्लाघारीमा पुगेर संयुक्त सभामा परिणत हुने कार्यक्रम तय गरिएको छ ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...
प्रतिक्रिया