काठमाडौँ मङ्सिर २८- नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्रको तयारी पूरा भएको छ । उच्च सुरक्षा व्यवस्थासहित सुरू हुन लागेको बन्दसत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्राविधिक तयारी र केन्द्रीय समिति बैठकका कारण बिहान ८ बजे शुरू हुने पूर्वनिर्धारित तालिकामा सामान्य ढिलाइ हुन लागेको हो । केन्द्रीय समिति बैठक सकिएपछि मात्र बन्दसत्र औपचारिक रूपमा शुरू गरिने उनले जानकारी दिए ।
बन्दसत्रस्थलको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ भने पार्टीले आन्तरिक व्यवस्थापनका लागि अलग्गै स्वयंसेवक दस्ता परिचालन गरेको छ । सुरक्षालाई ध्यानमा राख्दै भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ । महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधि, पर्यवेक्षक र अधिकृत व्यक्तिबाहेक अन्यलाई बन्दसत्रस्थल प्रवेशमा कडाइ गरिएको छ ।
महाधिवेशनका कारण काठमाडौं उपत्यकामा सार्वजनिक सडक अवरोध नहुने जनाइएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपभित्र प्रवेश गर्ने सवारीबाहेक अन्य सडक सञ्चालन सामान्य छ । महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पदाधिकारीका सवारीसाधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको उनले बताए ।
पार्टीका अनुसार बन्दसत्रमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, विधान संशोधनलगायतका महत्वपूर्ण प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया