चितवनमा गाईभैँसीमा खोरेत रोग फैलियो, खोप अभियान तीव्र

चितवन मङ्सिर २८- पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा पालिएका गाईभैँसीमा खोरेत रोग देखिएको छ । पशु सेवा कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२७ स्थित एक गाई फार्ममा खोरेत रोग पुष्टि भएको हो ।

रत्ननगरका केही गाई फार्ममा खोरेतका लक्षण देखिए पनि प्रयोगशाला परीक्षणको नतिजा आउन बाँकी रहेको कार्यालयले जनाएको छ । मंसिर ११ गते संकलन गरिएका नमुनाको परीक्षणपछि भरतपुर क्षेत्रमा रोग पुष्टि भएको हो ।

पशु सेवा कार्यालयले प्रभावित क्षेत्रमा खोरेतविरुद्ध खोप अभियान सुरु गरिसकेको र अब जिल्लाभर विस्तार गर्ने तयारी गरेको छ । भाइरसबाट सर्ने यस रोगका कारण गाईभैँसीमा उच्च ज्वरो आउने, मुख र खुट्टामा घाउ देखिने, दानापानी नखाने, दूध उत्पादन घट्ने तथा गर्भवती पशुमा गर्भ तुहिने समस्या देखिने गर्छ ।

कार्यालयले बाहिरबाट खरिद गरी ल्याइएका पशुलाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्न, संक्रमित पशुलाई छुट्टै राखेर उपचार गर्न तथा वर्षमा दुईपटक अनिवार्य रूपमा खोरेतविरुद्धको खोप लगाउन पशुपालकलाई आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन
8 घण्टा अघि

झापा। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज हुलाकी रा ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP