पञ्जीकरण विभागको युजर आईडी दुरुपयोग, दुई जना सीआईबीको नियन्त्रणमा

काठमाडौं मङ्सिर २९- राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण हेरफेर गरी एप्रुभ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको छ ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा पञ्जीकरण विभागकै कर्मचारी २८ वर्षीय सुनित रेग्मी र गोरखा नगरपालिका–१० घर भई हाल ललितपुर बस्दै आएका २८ वर्षीय आशिष बाबु कुमाल रहेका छन् ।

उनीहरूले पञ्जीकरण विभागको युजर आईडी र पासवर्ड दुरुपयोग गरी गलत मनसायसहित व्यक्तिका विवरण हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यस कार्यले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनको दफा ४१ उल्लंघन गरेको आरोप लगाइएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

उपकरण जडान द्रुतरूपमा
3 बर्ष अगाडि

उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य द्रुतरूपमा अग ...

छुटाउनुभयो कि ?

TOP