खुर्कोटबाट ५७ हजार अमेरिकी डलरसहित एक व्यक्ति पक्राउ

सिन्धुली । सिन्धुलीको खुर्कोट क्षेत्रमा ५७ हजार अमेरिकी डलरसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

काठमाडौंबाट झापा जाँदै गरेको यात्रुबाहक बसलाई रातिको समयमा जाँच गर्ने क्रममा झापाका युवराज नेवारको साथमा रहेको झोलाबाट उक्त रकम फेला परेको हो। प्रहरीले स्रोतका अनुसार बस चेकजाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि झोला खानतलासी गर्दा अमेरिकी डलर बरामद गरिएको हो।

बरामद रकमको स्रोत खुल्न नसकेको भन्दै सिन्धुली प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। घटनाबारे थप विवरण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अब काठमाडौंमा ‘कार कल्चर’ होइन, ‘बस कल्चर’
18 घण्टा अघि

काठमाडौं,माघ २५— काठमाडौं महानगरपालिकाले राजधानीको यातायात व्यवस्थामा आमूल परिवर्तनको संकेत गर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP