प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न, बाँकी जिल्लाको छपाइ जारी

 काठमाडौं,माघ १९ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म २५ जिल्लाका लागि कुल ३० लाख मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको छ।

यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ आवश्यक दुई करोड आठ लाख ३० हजार मतपत्रको छपाइ पूरा भइसकेको आयोगले जानकारी दिएको छ। साथै, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि छपाइ भइसकेका छन्।

निर्वाचन तयारीसँगै मतदाता शिक्षालाई प्रभावकारी बनाउन आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ। यी सामग्री आयोगको आधिकारिक फेसबुक, एक्स, टिकटक र युट्युब प्लेटफर्ममा उपलब्ध छन्।

आयोगले मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित गरी तयार पारिएका यी सामग्रीले निर्वाचन प्रक्रियाको पारदर्शिता र विश्वसनीयता बढाउने, साथै भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP