युक्रेन–रुस दोस्रो चरणको वार्ता अबुधाबीमा, ओडेसामा ‘भयानक’ ड्रोन आक्रमण

एजेन्सी । युद्ध अन्त्यका लागि सम्भावित सम्झौता खोज्ने उद्देश्यसहित युक्रेन र रुसका वार्ताकारहरूले अमेरिकाको मध्यस्थतामा अबुधाबीमा दोस्रो चरणको वार्ता सुरु गरेका छन्। संयुक्त अरब इमिरेट्सको राजधानीमा भइरहेको छलफल बिहीबारसम्म  जारी रहने बताइएको छ।

वार्तामा युद्धविरामको ढाँचा, सुरक्षा प्रत्याभूति, बन्दी आदानप्रदान तथा मानवीय सहायताका विषयमा केन्द्रित छलफल भइरहेको कूटनीतिक स्रोतहरूले बताएका छन्। यद्यपि, ठोस सहमति वा सम्झौताबारे कुनै आधिकारिक घोषणा गरिएको छैन।

वार्ता चलिरहेकै बेला युक्रेनमा आक्रमण भने रोकिएको छैन। युक्रेनी अधिकारीहरूले दक्षिणी ओडेसा क्षेत्रमा रुसले “भयानक” ड्रोन आक्रमण गरेको बताएका छन्।

 आक्रमणबाट ऊर्जा तथा अन्य महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको र आपतकालीन उद्धार टोली परिचालन गरिएको जनाइएको छ। मानवीय क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युरोपले रुससँग पुनः संवाद गर्नुपर्ने धारणा राखेपछि रुस–फ्रान्सबीच प्राविधिक तहमा छलफल भइरहेको क्रेमलिनले पुष्टि गरेको छ। तर, क्रेमलिनले राष्ट्रपति भ्लादिमिर पुटिन र म्याक्रोंबीच प्रत्यक्ष वार्ता भइरहेको सङ्केत भने दिएको छैन।

अन्तर्राष्ट्रिय समुदायले अबुधाबी वार्तालाई युद्ध अन्त्यतर्फको सम्भावित अवसरका रूपमा हेरिरहेको भए पनि मैदानमा जारी आक्रमणले सम्झौताको सम्भावनालाई जटिल बनाइरहेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP