रास्वपा सभापति रवि लामिछाने चितवनमा


काठमाडौं,माघ २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिहीबार चितवन पुगेका छन्। माघ २२ गते दिउँसो बुद्ध एयरको उडानमार्फत उनी भरतपुर विमानस्थलमा अवतरण गरी चितवन प्रवेश गरेका हुन्।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, उनले चितवनको लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा स्वस्तिशान्ति पूजा गर्ने कार्यक्रम छ। त्यसलगत्तै भरतपुरको विशालचोकस्थित आफ्नो निवासमा गृहप्रवेश गर्ने तयारी गरिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानमा सहभागी हुन उनी चितवन आएका हुन्। लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवार छन्।

यसअघि माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रममा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो। त्यसपछि उनी त्रिवि शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएर काठमाडौंमा आराम गरिरहेका थिए।

चितवन–२ बाट लामिछाने यसअघि दुईपटक सांसद निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तिम ओभर सनसनीपूर्ण, नेपाल चार रनले पराजित
13 घण्टा अघि

मुम्बई,माघ २५— आईसीसी टी–२० विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डस ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP