काठमाडौं,माघ २७ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रका मतपत्र छपाइ सम्पन्न भएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ भइरहेको थियो।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार सोमबारसम्म कूल १ करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भइसकेको छ।
छपाइ सम्पन्न जिल्लामा डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्ता पश्चिम(नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा र बर्दिया रहेका छन्।
जिसीका अनुसार, मतपत्र छपाइका साथै प्याकिङको काम पनि सकिएको छ। हालसम्म १०,७५९ बाकस मतपत्र प्याकिङ भइसकेको छ।
मतपत्र छपाइ प्रक्रिया जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा जारी रहेको छ। समानुपातिक निर्वाचन प्रणाली तथा प्रत्यक्ष निर्वाचित हुने प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि छपाइ सुरु भएको थियो। पहिलो चरणमा १० लाख ९८ हजार २०० नमुना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ गत पुस २६ गतेदेखि सुरु भई माघ १३ गते २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको थियो।
प्रत्यक्षतर्फको निर्वाचनका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने आयोगले जनाएको छ। माघ १६ गतेदेखि प्रत्यक्ष निर्वाचन प्रणालीका मतपत्र छपाइ सुरु भएको हो।
निर्वाचनका लागि तयार मतपत्र अब प्याकिङ र ढुवानीका लागि तयारी अवस्थामा राखिएका छन्।
काठमाडौं,माघ २७ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक बिदेशमा रहेका मतद ...

प्रतिक्रिया