काठमाडौं,माघ २७ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यसपटक बिदेशमा रहेका मतदाता र निर्वाचन क्षेत्र बाहिरका मतदाताले मतदान गर्न नसक्ने स्पष्ट पारेका छन्।
भण्डारीले फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन तोकिएको समयमै सम्पन्न हुने जानकारी दिँदै आयोगले कहिल्यै बहुचरण निर्वाचनको अवधारणालाई स्वीकार नगरेको बताए।
उनले भने, “एकपटक निर्वाचन मिति घोषणा भएपछि कानून, नियम वा प्रविधिमा परिवर्तन गर्न सकिँदैन। संविधानको सीमाभित्र रहेर मात्र निर्वाचन हुनुपर्छ।”
भण्डारीले विदेशमा रहेका मतदाताको मतदानसम्बन्धी व्यवस्था हालको कानुनले समेट्न नसक्ने र ‘कसैलाई पनि मत दिन्नँ’ विकल्प लागू गर्न नसकिएको बताए।
उनले स्पष्ट पारे, “धेरैले मतपत्रमा बाकस थप्न सजिलो भन्छन्, तर संवैधानिक आधार बिना यस्तो गर्न सकिँदैन। यो विमानस्थलमा एउटा कोठा थपेजस्तो सजिलो कुरा होइन।”
निर्वाचन आयोगले यही नियम र सीमाभित्र रहेर मात्रै फागुन २१ गते तोकिएको मिति र समयमा मतदान सम्पन्न गर्ने सुनिश्चितता दिएको छ।
काठमाडौं,माघ २७ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० न ...

प्रतिक्रिया