महाशिवरात्रि तयारीः गुठी संस्थानले सार्वजनिक गर्‍यो खर्च विवरण

काठमाडौं, फागुन २७ — फागुन ३ गते मनाइने महाशिवरात्रिको तयारीका लागि गुठी संस्थानले यस वर्षको व्यवस्थापन योजना तथा खर्च विवरण औपचारिक रूपमा सार्वजनिक गरेको छ। मंगलबार गुठी संस्थान केन्द्रीय कार्यालय, त्रिपुरेश्वरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थानले साधुसन्त व्यवस्थापन, अखडागत खर्च र पाँचदिने कार्यक्रम तालिकाबारे जानकारी दिएको हो।

गुठी संस्थानले अघिल्लो वर्ष महाशिवरात्रिमा देश–विदेशबाट आएका २,३८९ जना साधु–सन्तलाई २० लाख ५८ हजार ६७१ रुपैयाँ बिदाइ स्वरूप रकम उपलब्ध गराएको थियो। यस बर्ष पनि उल्लेख्य साधुसन्तको उपस्थिति हुने हुँदा बिदायिमा गरिने खर्च थपघट हुने जनाएकोछ।संस्थानले खर्च विवरण खुला रूपमा सार्वजनिक गर्दै यसलाई पारदर्शिता र जवाफदेहिताको अभ्यास भनेको छ।

पत्रकार सम्मेलनमा गुठी संस्थानका मुख्य कानुन अधिकृत तथा प्रवक्ता जनक पोख्रेलले फागुन १ देखि ५ गतेसम्म महाशिवरात्रिसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जानकारी दिए। उनले साधुसन्तको बसोबास, भोजन र सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।

गुठी संस्थानले विभिन्न अखडालाई उपलब्ध गराइने रकम पनि सार्वजनिक गरेको छ। जसअनुसार अन्नपूर्ण अखडालाई १ लाख १ हजार रुपैयाँ, राम मन्दिरलाई १ लाख रुपैयाँ, मृगस्थली गोरखनाथ अखडालाई २५ हजार ८०० रुपैयाँ, निर्मल अखडालाई ३ हजार रुपैयाँ र भस्मेश्वर अखडालाई २ हजार रुपैयाँ छुट्याइएको छ। साथै थापाथलीस्थित चारवटा अखडालाई प्रतिअखडा ६० हजार रुपैयाँ उपलब्ध गराइनेछ।

प्रवक्ता पोख्रेलका अनुसार यी रकम साधुसन्तको भोजन, बसोबास तथा आधारभूत व्यवस्थापनका लागि प्रदान गरिएको हो। उनले महाशिवरात्रिमा हुने भीडलाई ध्यानमा राख्दै सरसफाइ, स्वास्थ्य सेवा र सुरक्षामा सम्बन्धित निकायसँग सहकार्य गरिएको बताए।

गुठी संस्थानले महाशिवरात्रिसँगै इन्द्रजात्रा, बिस्केट जात्रा, रातो तथा सेतो मच्छिन्द्रनाथ जात्रा, हाडीगाउँ चोक्टे जात्रा, जनकपुरको राम–सीता विवाह महोत्सव, रामनवमी र गोर्खाको मनोकामना पर्वलगायत राजगुठि पर्वहरूको व्यवस्थापन गर्दै आएको जनाएको छ।

यसपटक खर्च विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएकोमा सरोकारवालाले गुठी संस्थानको पारदर्शिताको प्रशंसा गरेका छन्। संस्थानले महाशिवरात्रि व्यवस्थापन थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।कार्यक्रममा गुठी प्रधान कार्यलयका प्रमुख प्राशसक शैलेशराज कुवर ,कार्यलय प्रमुखहरु,कर्मचारी लगायतको समेत उपस्तिथि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
8 घण्टा अघि

खलङ्गा (दार्चुला), माघ २७ -दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका छन् । जिल्ला प्रहर ...

Recent Posts

छुटाउनुभयो कि ?

TOP