फागुन २१ पछि नेपालको नयाँ प्रधानमन्त्री? तौलिएर बोल्ने र स्पष्ट कुरा राख्ने गगन थापा, विश्व प्रकाश शर्माको दावी

चितवन, फागुन २७ – नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा सोमबार चितवनमा काङ्ग्रेस कार्यकर्तासँगको भेटघाटमा आगामी चुनाव र पार्टीको रणनीतिबारे स्पष्ट सन्देश दिएका छन्। उनले देशको प्रधानमन्त्री बन्ने योग्य उम्मेदवारको रूपमा गगन थापा मात्र योग्य भएको दावी गरेका छन्।

शर्माले भने, “एउटा प्रधानमन्त्रीको उम्मेदवार धेरै बोल्छ, अर्काे बोल्दै बोल्दैन। तर तौलिएर बोल्ने र स्पष्ट कुरा राख्ने उम्मेदवार गगन थापा हुन्। यही कारणले अबको प्रधानमन्त्री गगन थापा हुनु पर्छ।”

उहाँले स्थानीय तहको उदाहरण दिँदै थपे, “एउटा वडा अध्यक्ष चुन्नु पर्दा धेरै कुरा विचार गर्नुपर्छ – नमस्कार फर्काउँछ कि फर्काउँदैन, गुनासो सुन्छ कि सुन्दैन, गलामा माला लाउन खोज्दा फाल्छ कि फाल्दैन। देशको प्रधानमन्त्री चयन गर्नु भनेको त्यसभन्दा धेरै संवेदनशील काम हो। त्यसैले गगन थापा मात्र योग्य छन्।”

विदेश नीतिमा पनि गगन थापाको क्षमताबारे उनले भने, “विश्वका देशहरूसँग स्पष्ट कुरा राख्न, मित्रता बढाउन र सम्बन्ध मजबुत बनाउन सक्ने क्षमता गगन थापामा मात्र छ। यही गुणले उनलाई देशको भाबी प्रधानमन्त्री बनाउँछ।”

शर्माले बदलिएको काङ्ग्रेसको विशेषताबारे जोड दिँदै भने, “बदलिएको काङ्ग्रेसले कसैलाई गाली गर्दैन, विभाजन ल्याउँदैन, घृणाको राजनीति गर्दैन। यसले जोड्ने काम गर्छ। ‘गाडिदिन्छु, मारिदिन्छु, आगो लगाउँछु’ भन्न सजिलो छ, तर बनाउने काम गर्न सक्नु पर्छ। यही काम बदलिएको काङ्ग्रेस मात्र गर्छ।”

उहाँले आगामी फागुन २१ को चुनावमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याउने विश्वास व्यक्त गर्दै थपे, “अहिलेको चुनावमा १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पार्टी एक मात्र काङ्ग्रेस हो। पाएको अवसर सबैले सदुपयोग गर्नुपर्छ।”

प्रतिक्रिया

Recent Posts

छुटाउनुभयो कि ?

TOP