काठमाडौं । केही समय देखी निरन्तर रुपमा घटदै आएके सुन चाँदीको मुल्य आज पनि केही मात्रामा घटेको छ ।
आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको । मङ्गबारको तुलनामा आज सुन तोलामा एक हजार ५०० ले घटेको छ भने चाँदी पाँच रुपयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४०० तथा एक तोला चाँदीको मुल्य चार हजार ८८० निर्धारण भएको छ ।
हिजो मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख एक हजार ९०० तथा एक तोला चाँदीको मुल्य चार हजार ८८५ निर्धारण भएको छ ।
गत सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मुल्य चार हजार ८६० निर्धारण भएको छ ।
साताको पहिलो दिन आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी चार हजार ९८५ मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९२० अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
जनकपुरधाम | प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन त ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!