टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन् । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२ ०६३ प ९१८९ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो । घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ ।

आक्रोशित स्थानीयले ठक्कर दिने टिपर जलाएका छन् । प्रदर्शन अहिले पनि जारी छ । प्रदर्शनकारीले टिपर जलाउन खोज्दा प्रहरीले अश्रुल ग्याँस पनि प्रहार गरेको थियो । अहिले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना
4 हप्ता अगाडि

जनकपुरधाम | प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन त ...

छुटाउनुभयो कि ?

TOP