आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला सत्य नभएकोे आयोगको दावी

आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला सत्य नभएकोे आयोगको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्दै सामाजिक सञ्जालमा चलेको हल्ला भ्रामक रहेको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हल्लामा कुनै सत्यता नभएको बताएकाछन् ।

पछिल्लो समय केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको पीआर रहेको भन्दै आज उनको उम्मेदवारी नै आयोगले रद्द गर्न लागेको समाचार प्रकाशन गरेका छन्। तीनै समाचार भाइरल बनाउँदै रास्वपाको थप एक सिट घटेको दावी गर्दै रास्वपालाई ठूलो घाटा लाग्यो भन्दै अनेक समाचारहरु बनाईरहेकाछन् ।

आयोगले भने तामाङको उम्मेदवारी कायम रहेको जनाएको छ ।  मिडियाले आफूखुशी समाचार लेखेर आफैं निर्णय सुनाउँदै हिडने र त्यसमा कुनै पनि सत्यता नभएको प्रवक्ता भट्टराईले बताएकाछन् । तामाङको उम्मेदवारी सम्वन्धमा आयोगमा छलफल नभएको भन्दै उनले मिडिया ट्रायल गर्न खोजिएको बताएकाछन् ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश
2 हप्ता अगाडि

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरुमा नयाँ भर्ना लिन अन्तरिम आदेश ...

छुटाउनुभयो कि ?

TOP