काठमाडौँ। आज मार्च २० का दिन विश्वभर विश्व हिमनदी दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा गत वर्षदेखि सुरु गरिएको यो दिवस हिमनदीको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष मनाउन थालिएको हो।
पृथ्वीको पारिस्थितिक सन्तुलनका लागि अत्यन्तै महत्वपूर्ण मानिने हिमनदीहरू ताजा पानीको प्रमुख स्रोत मात्र होइनन्, समुद्री सतह सन्तुलन कायम राख्न र जैविक विविधता जोगाउन पनि निर्णायक भूमिका खेल्दै आएका छन्। विश्वका करोडौँ मानिसको जीवनयापन हिमनदीबाट आउने पानीमै निर्भर छ।
तर पछिल्लो समय बढ्दो तापक्रमका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। यसले भविष्यमा पानीको अभाव, समुद्री सतह वृद्धि, तथा बाढी–पहिरो जस्ता प्राकृतिक विपद्को जोखिम बढाउँदै लगेको छ।
वैज्ञानिकहरूका अनुसार, यदि यही अवस्था जारी रहेमा विश्वव्यापी पारिस्थितिक प्रणाली, मानव जीवन र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने खतरा बढ्दै गएको छ।
यसप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घ ले हरितगृह ग्यास उत्सर्जन घटाउन ठोस कदम चाल्नुपर्नेमा जोड दिएको छ। जलवायु परिवर्तनको असर न्यून गर्न विश्व समुदायले समन्वित प्रयास नगरे हिमनदीहरू जोगाउन कठिन हुने चेतावनी पनि दिइएको छ।
आजको यो दिवसले हिमाल जोगाउने जिम्मेवारी केवल वैज्ञानिक वा सरकारको मात्र नभई सम्पूर्ण मानव समुदायको साझा दायित्व भएको सन्देश दिएको छ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मालपोत कार्यालयमा कार्यरत नायब सुब्बा ओम बहा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!