मुस्ताङ। मुस्ताङमा यस सिजनको छैटौँपटक परेको हिमपातले यहाँका किसान तथा पशुपालक व्यवसायीलाई ठूलो राहत मिलेको छ। अनुकूल समयमा पटक–पटक हिउँ परेकाले चरन क्षेत्र, खेतीयोग्य जमिन र जलस्रोतमा सकारात्मक प्रभाव परेको स्थानीयले बताएका छन्।
शुक्रबार राति माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रसहित विभिन्न स्थानमा भारी हिमपात भएको थियो। घरपझोङ र थासाङ गाउँपालिकाका उच्च लेकहरू हिउँले ढाकिएका छन् भने बस्ती क्षेत्रमा वर्षा भएको छ। उच्च भेगका चरन क्षेत्र पूर्ण रूपमा सेताम्मे बनेका छन्।
घरपझोङ–५ ठिनीका पशुपालक किसान च्याङबहादुर थकालीका अनुसार, ठिनी गाउँमाथिका भ्रप्सा, यारुझो भ्यूटावर, नमखुलेक तथा तिलिचो पदमार्गअन्तर्गत मेसोकोन्दो पास क्षेत्र हिउँले ढाकिएको छ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण समयमै हिउँ नपर्दा चरन क्षेत्रमा घाँसको अभाव हुने गरेको थियो। तर यस वर्ष परेको हिमपातले पर्याप्त घाँस उत्पादन हुने अपेक्षा गरिएको छ, जसले पशुपालन व्यवसायलाई राहत पुर्याउने विश्वास गरिएको छ।
अनुकूल हिमपातले खेतीयोग्य जमिनमा चिस्यान कायम राख्नुका साथै माटोको भित्री तहसम्म पानी सञ्चित हुने भएकाले उवा, जौँ, गहुँ र तरकारी खेतीमा समेत सकारात्मक असर पर्ने देखिएको छ। साथै, यसले बालीमा लाग्ने रोग–कीराको प्रकोप कम गर्न सहयोग पुग्ने किसानहरूको भनाइ छ।
यता, हिमपातले पर्यटन क्षेत्रमा पनि उत्साह थपेको छ। पर्यटकहरू हिउँ अवलोकन र खेलका लागि मुस्ताङ आउने क्रम बढ्ने अपेक्षा गरिएको छ।
समग्रमा, यसपटकको हिमपात कृषि, पशुपालन र पर्यटन तीनै क्षेत्रमा लाभदायक सावित भएको स्थानीयको निष्कर्ष छ।(रासस )
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!