काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोकमा आलुको उत्पादन बढे पनि मूल्य घट्दा किसान मारमा परेका छन्।
पाँचखाल नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको जनाएको छ। शाखा प्रमुख हेमन्त पौडेलले वार्षिक ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए। उनले यस वर्ष मूल्य घटेका कारण किसानले करिब रु ६३ करोड ७० लाख बराबरको आम्दानी गुमाउने अनुमान गरिएको बताए।
मण्डनदेउपुर नगरपालिका क्षेत्रमा किसानहरूले धमाधम आलु खन्ने काम गरेका छन्। मण्डनदेउपुर–१० का ८२ वर्षीय किसान पशुपति श्रेष्ठले यस वर्ष उत्पादन गत वर्षभन्दा झण्डै दोब्बर भएको बताए। उनले भाउ घट्दा किसान समस्यामा परेको बताए।
ज्वानेटार फाँटका किसान नारायण श्रेष्ठले गत वर्षको तुलनामा उत्पादन बढेको बताए। उनले यस वर्ष १२० बोराभन्दा बढी आलु फलेको जानकारी दिए। उनले मूल्य पोहोरको तुलनामा तेब्बरले घटेको गुनासो गरे।
जिल्ला कृषि विकास कार्यालयले काभ्रेपलाञ्चोकमा वार्षिक ९ हजार १६३ हेक्टर क्षेत्रफलमा १ लाख ८९ हजार ७८ मेट्रिक टन आलु उत्पादन हुने गरेको जनाएको छ।
कार्यालय प्रमुख कुलप्रसाद दवाडीले जिल्लाबाट काठमाडौँमा जाने तरकारीमध्ये करिब ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै आपूर्ति हुने बताए।
स्थानीय दामोदर अधिकारीले सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारण र बजार व्यवस्थापन गर्न सके किसानको समस्या समाधान हुने बताए।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!