एक सातामै ३४ हजारले घटयो सुनको मूल्य

एक सातामै ३४ हजारले घटयो सुनको मूल्य

काठमाडौं । एक साता देखी निरन्तर घटीरहेको सुनको मूल्य आज पनि तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँले घटेको सुन आज सोमबार पनि ६ हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ । 

 

अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एक साताकै अवधिमा ३४ हजार रुपैयाँ घटेको छ । गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ । सोमबार चाँदीको भाउ तोलामा ११५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ४२५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP