काठमाडौ ।मध्यपूर्वमा जारी तनावका बीच इजरायलले इरानका शीर्ष नौसैनिक कमाण्डर अलिरेजा टाङ्सिरी हवाई आक्रमणमा मारिएको दाबी गरेको छ। इजरायली सुरक्षा स्रोतका अनुसार इरानको बन्दर अब्बास क्षेत्र आसपास लक्षित गरी गरिएको आक्रमणमा उनी मारिएका हुन्।
इजरायलले टाङ्सिरीलाई इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजिसी) नौसेनाका प्रमुखका रूपमा उल्लेख गर्दै हर्मुज जलडमरूमध्य बन्द गर्ने रणनीतिक योजनाका मुख्य योजनाकार रहेको आरोप लगाएको छ।
विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलडमरूमध्य अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ।
इजरायलले उक्त कारबाही हर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने उद्देश्यले गरिएको दाबी गरेको छ। केही अन्तर्राष्ट्रिय स्रोतहरूका अनुसार यस कारबाहीमा अमेरिकासँग समन्वय भएको संकेत पनि गरिएको छ, यद्यपि यसबारे औपचारिक पुष्टि सार्वजनिक भइसकेको छैन।
उता, अमेरिकी पक्षले पनि उक्त इरानी कमाण्डरको मृत्यु भएको संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तर इरानले भने यस घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
यस घटनापछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किने संकेत देखिएको छ। विश्लेषकहरूका अनुसार यो घटनाले क्षेत्रीय द्वन्द्वलाई अझ व्यापक बनाउने जोखिम बढाएको छ भने विश्व अर्थतन्त्रमा समेत यसको प्रत्यक्ष असर पर्ने देखिएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!