बालेन्द्र शाह आज प्रधानमन्त्री बन्दै, १२:३४ बजे शपथ ग्रहण

बालेन्द्र शाह आज प्रधानमन्त्री बन्दै, १२:३४ बजे शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आज देशको शक्तिशाली प्रधानमन्त्री बन्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई दिउँसो १२ बजेर ३४ मिनेटमा शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

यसअघि बिहीबार सिंहदरबारस्थित नयाँ संसद् भवनमा बालेनसहित प्रत्यक्ष निर्वाचित १६५ सांसदहरूले माननीयको शपथ लिएका थिए। प्रधानमन्त्री नियुक्त भएलगत्तै शाहले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्।

शाह झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी हाल १८२ सांसदसहित दुई तिहाइ नजिकको शक्तिशाली दलका रूपमा स्थापित भएको छ। सो पार्टीले एक्लै सरकार सञ्चालन गर्ने जनाएको छ।

उल्लेखनीय छ, भदौ २३ र २४ मा भएको ‘जेनजी आन्दोलन’ का कारण २०८४ सालमा हुनुपर्ने चुनाव अगाडि सारेर २०८२ साल फागुनमै सम्पन्न गरिएको थियो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP