काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले लेखक पक्राउ परेको पुष्टि गरेका हुन्।
प्रहरीले उनलाई भक्तपुरको कटुन्जेस्थित आफ्नै निवासबाट शुक्रबार राति नियन्त्रणमा लिएको जनाएको छ। पक्राउसँगै उनलाई थप अनुसन्धानका लागि कार्यालयतर्फ लगिएको छ।
नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै सम्बन्धित व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।
यसैक्रममा गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग लगातार छलफल गरेका थिए। सम्भावित सुरक्षा चुनौती र संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सरकारले उच्च सतर्कता अपनाएको स्रोतले जनाएको छ।
प्रहरीले कारबाही अघि बढाउन सरकारसँग औपचारिक रूपमा लिखित आदेशसमेत मागेको थियो। आदेश प्राप्त भएसँगै अनुसन्धानलाई तीव्रता दिँदै पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरिएको बताइएको छ।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!