पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, काठमाडौं प्रहरी परिसर लगियो

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, काठमाडौं प्रहरी परिसर लगियो

काठमाडौं ।प्रहरीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर लगेको छ। आज बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको हो।

सरकारले भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान जाने घटनामा संलग्नताको आरोपमा अनुसन्धान अघि बढाउँदै ओलीलाई पक्राउ गरेको जनाएको छ। सोही घटनासम्बन्धी छानबिनका लागि उनलाई प्रहरी हिरासतमा राखिएको हो।

यसैक्रममा ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले आज बिहानै भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार उक्त आन्दोलनमा भएको मानवीय क्षतिको घटनामा जिम्मेवारी निर्धारण तथा थप अनुसन्धानका लागि दुवै नेतालाई नियन्त्रणमा लिइएको हो।

घटनापछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सम्भावित प्रदर्शनलाई ध्यानमा राख्दै विभिन्न स्थानमा प्रहरी परिचालन बढाइएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP