काठमाडौं।गृहमन्त्री सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको पुष्टि गर्दै यसलाई “न्यायको सुरुवात” भएको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको दाहसंस्कार गरिएको तस्बिरमा श्रद्धाञ्जली व्यक्त गरेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत कडा सन्देश सार्वजनिक गरेका हुन्। उनले “PROMISE IS A PROMISE: कानुनभन्दा माथि कोही छैन” भन्दै उच्च पदमा पुगेका व्यक्तिहरू पनि कानुनी दायराभन्दा बाहिर नरहेको स्पष्ट पारेका छन्।
गुरुङले पूर्वप्रधानमन्त्री ओली र निवर्तमान गृहमन्त्री लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिँदै उक्त कदम कुनै पनि व्यक्तिविरुद्धको प्रतिशोध नभई न्याय प्रक्रिया अघि बढाउने सुरुवात भएको दाबी गरेका छन्। “यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो,” उनले उल्लेख गरेका छन्।
साथै, उनले देश अब नयाँ दिशातर्फ अघि बढ्ने विश्वास व्यक्त गर्दै हालको कदमले विधिको शासन स्थापना गर्न सहयोग पुग्ने धारणा राखेका छन्।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!