काठमाडौं।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज बिहान गुण्डु निवासबाट प्रहरीले पक्राउ गरी त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएको छ। पक्राउपछि उनलाई अस्पतालको रेड एरियाको २७ नम्बर बेडमा राखिएको छ।
रेड एरियामा सामान्य बिरामीभन्दा विशेष र जटिल बिरामीहरूको निगरानीका लागि व्यवस्था गरिएको हुन्छ।
ओली मिर्गौला प्रत्यारोपणका बिरामी भएकाले, मिर्गौला विशेषज्ञ डाक्टरले उनको स्वास्थ्य परीक्षण गर्ने तयारीमा छन्। परीक्षणपछि डाक्टरको सुझावअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्रोतले जनाएको छ।
यसअघि, जेनजी आन्दोलन दमन मुद्दामा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान ओलीलाई प्रहरीले उठाएको थियो।
काठमाडौं । गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई सर्वोच्च अदालत ले आधिकारिक मान्यता दिएसँगै पा ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!